दफा १६
नाम दर्ता प्रमाणपत्र दिने
(१) दफा १५ बमोजिम परिषद्बाट नाम दर्ता गर्ने निर्णय भएका दरखास्तवालाको नाम रजिष्ट्रारले दर्ता किताबमा दर्ता गरी दरखास्तवालालाई तोकिए बमोजिमको ढाँचामा नाम दर्ता प्रमाणपत्र दिनेछ ।
(२) उपदफा (१) बमोजिम दर्ता किताब तयार गर्दा फर्मासिष्ट र फार्मेसी सहायकको लागि बेग्लाबेग्लै दर्ता किताब तयार गर्नु पर्नेछ ।